Logo

राजनीति

जाजरकोटमा १५ कांग्रेस नेताविरुद्ध कारबाही तयारी



जाजरकोट । कांग्रेस जाजरकोटले कारबाहीका लागि जिल्ला र स्थानीयस्तरका १५ नेता–कार्यकर्तालाई स्पष्टीकरण मागेको छ । गत स्थानीय तहको निर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारलाई हराउन सहयोग गरेको र निष्क्रिय भई बसेको आरोप आएपछि कारबाहीका लागि स्पष्टीकरण माग गरिएको हो ।

जसका लागि जिल्ला उपसभापति खडकबहादुर बुढाको संयोजकत्वमा अनुशासन समिति गठन गरिएको थियो । उनले उम्मेदवारसहित वडा र पालिका कार्यसमितिबाट निर्णय भएकाले ती नेताहरूलाई स्पष्टीकरण सोधिएको बताए ।

स्पष्टीकरण माग गरिएकामा कर्णाली प्रदेश कार्यसमिति सहमहामन्त्री रामछाया कुमारी, प्रदेश कार्यसमिति सदस्य कमलदीप पुन, भुमबहादुर रोकाय, कुशे–९ का मोतीराम गौतम, जिल्ला सदस्यहरू धनसरा शाही, चित्रबहादुर शाही, कल्दर सिंहसहित १५ जना छन् ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार ०८:५३   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।