Logo

राजनीति

चुनावमा ‘पूर्व सुरक्षाकर्मी’ खटाऔं, ‘म्यादी प्रहरी’को ड्रेसमा लाग्ने खर्च जाेगाऔं : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले चुनावलाई कम खर्चिलाे बनाउन ‘म्यादी प्रहरी’को सट्टा ‘पूर्व सुरक्षाकर्मी’हरुलाई खटाउनुपर्ने सुझाव सरकारलाई दिएको छ । खर्चको हिसाबले र सुरक्षाकाे हिसाबले पनि पूर्व सुरक्षाकर्मीको प्रयोग व्यवहारिक हुने आयोगको तर्क छ ।

आइतवार आयोगले विभिन्न मिडियाका सम्पादकहरूसँग गरेको अन्तरक्रियामा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आयोगले यसबारे सरकारलाई सुझाव दिएको जानकारी दिए । उनले पूर्व सुरक्षाकर्मी तथा जनसेवा दलको प्रयोग गर्दा नयाँ ड्रेस खरिद गर्ने रकम बचत हुने बताउँदै सुरक्षा कार्य पनि प्रभावकारी हुने बताए ।

‘निर्वाचन सुरक्षामा सेवा निवृत्त सुरक्षाकर्मीलाई लगाऊँ । जुन पदबाट सेवा निवृत्त भएको छ, सोही पद अनुसारको तलव सुविधा दिउ’, प्रमुख आयुक्त थपलियाले भने, ‘हिजो सुरक्षाकर्मीको ड्रेस त पक्कै थियो । त्यही ड्रेस लगाएर आउनु भनेर यो ड्रेसको खर्च पनि घटाऔँ । यो भयो भने खर्चपनि घट्छ, तालिमप्राप्त जनशक्ति पनि हुन्छ ।’

त्यसपछिको प्रागमिकता स्थानीय तहमा भर्ना भएका तालिमप्राप्त केही म्यादीलाई दिनुपर्ने आयोगको सुझाव छ । प्रमुख आयुक्त थपलियाले यसबारे आयोगले निर्णय गरेर सरकारलाई लिखित रुपमा सुझाव दिएको जानकारी दिए । निर्वाचनमा पूर्व सुरक्षाकर्मी परिचालनमा नै आयोगको जोड हुने बताउँदै स्थानीय तहको निर्वाचनका बेला पनि सरकारलाई यही सुझाव दिएको बताए ।

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १५:४४   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।