काठमाडौं । साताको पहिलो कारोबार दिन आइतवार सेयर बजार राताम्य भएको छ । आइतवार बजार परिसूचक नेप्से २७.९२ अंकले गिरावट भएर २०१०.०१ अंकमा बन्द भएको छ । २० साउनमा सामान्य बढेर बन्द भएको नेप्से त्यसपछि कारोबार भएको ५ दिन नै घटेको हो ।
नेप्सेसँगै सबै उपसूचक र कारोबार रकम पनि घट्दो क्रममा गएको छ । आइतवार सबै उपसूचकमा गिरावट हुँदा उत्पादनमुलक उपसूचक ३.५८ प्रतिशतले गिरावट भएको छ ।
यता लगातार तेस्रो कारोबार दिन पनि कारोबार रकम २ अर्बबाट तल झरेको छ । गत मंगलवार २ अर्ब ८१ करोडको कारोबार भएको बजारमा बुधवार १ अर्ब ९४ करोड र बिहीवार १ अर्ब ७६ करोडको कारोबार भएको छ ।
बिहीवारको तुलनामा कारोबार रकम केही बढे पनि आइतवार कारोबार रकम २ अर्बभन्दा तलै बसेको छ । बजारमा ४५ लाख ५९ हजार २२ कित्ता सेयर किनबेच हुँदा १ अर्ब ८७ करोड ३२ लाख ८२ हजारको कारोबार भएको छ ।





















प्रतिक्रिया