Logo

राजनीति

धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा



काठमडौं । धरानका मेयर हर्क साम्पाङ काठमाडौंमा आइपुगेका छन् । उनी आइतवार बिहान काठमाडौं आइपुगेका हुन् । धरान उपमहानगरपालिकाको विकास निर्माणसम्बन्धी कामले उनी काठमाडौं आएका हुन् ।

साम्पाङले सामाजिक सञ्जालमा लेखेका छन्, ‘काठमाडौंका चिल्ला र फराकिला सडक किनारामा फोहोरको डंगुर देख्दा त खाल्डा खुल्डी बाटो भए पनि धरानै सफा लाग्याे । प्रधानमन्त्री र मन्त्रीहरू बस्ने शहरको यो बिजोग देख्दा श्रमदान गर्न मन लाग्यो ।’ 

प्रकाशित मिति : २९ श्रावण २०७९, आईतवार १५:५७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।