काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदलले सिट बाँडफाँटको प्रस्ताव ल्याउने जिम्मा संयोजक कृष्णप्रसाद सिटौलालाई दिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले २०७४ को निर्वाचन र २०७९ को स्थानीय निर्वाचनका आधारमा सिट बाँडफाँटको प्रस्ताव ल्याउन कांग्रेस नेता सिटौलालाई जिम्मा दिएको हो ।
कार्यदल सदस्य रामसहाय यादवका अनुसार सिटौलाले पर्सि बुधवार बस्ने कार्यदलको अर्को बैठकमा सिट बाँडफाँटको प्रस्ताव ल्याउने छन् । गठबन्धनले प्रदेश र प्रतिनिधि सभाको आगामी निर्वाचनका लागि सिट बाँडफाँट गर्न २० साउनमा ११ सदस्यी समिति बनाएको छ ।
जसमा कांग्रेसबाट कृष्ण सिटौला (संयोजक), गगन थापा, ज्ञानेन्द्रबहादुर कार्की, नेकपा माओवादी केन्द्रबाट देव गुरुङ र वर्षमान पुन, एकीकृत समाजवादीबाट प्रमेश हमाल र बेदुराम भुसाल, जनता समाजवादी पार्टीबाट रकम चेम्जोङ र रामसहायप्रसाद यादव तथा राष्ट्रिय जनमोर्चाबाट हिमलाल पुरी र आनन्द शर्मा छन् । समितिलाई भदौभित्र सिट बाँडफाँटको निर्णयसहित प्रतिवेदन दिन भनिएको छ ।




















प्रतिक्रिया