काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा एक्लौटी रुपमा अघि बढेको निष्कर्ष निकालेको डा. शेखर कोइराला पक्षले खबरदारी सभा गर्ने भएको छ । भाद्र १ मा खबरदारी सभा गरिने तय भएको नेपाल विद्यार्थी संघका पूर्वमहामन्त्री युवराज पाण्डेले जानकारी दिए ।
पार्टी र भ्रातृ संस्थाको मनोनित गर्ने पदमा संस्थापन पक्षले एकलौटी गर्दै गएको भन्दै त्यसको विरुद्धमा सभा गर्न लागिएको उनले बताए । भ्रातृ संस्थामा शेखर निकट रहेकाहरुले संयुक्त रुपमा विरोध सभा गर्न लागेका हुन् ।




















प्रतिक्रिया