काठमाडौं । नेपाली कांग्रेसले आगामी प्रदेश र प्रतिनिधि सभा निर्वाचन प्रयोजनका लागि मंगलबार दल दर्ता गर्ने भएको छ । कांग्रेसले दल दर्ताका लागि मुख्यसचिव कृष्णप्रसाद पौडेललाई जिम्मेवारी दिएको छ । पौडेलको साथमा कांग्रेस कार्यालयका सचिव केशव रिजाल पनि निर्वाचन आयोग जाने छन् ।
मंगलबार अपरान्ह ४ बजे निर्वाचन आयोग कार्यालयमा पुगेर दल दर्ता गर्ने कांग्रेसको तयारी छ । पार्टीको केन्द्रीय कार्यसमितिमा ३३ प्रतिशत महिला सदस्य पुर्याएर दल दर्ता गर्ने कांग्रेसको तयारी छ ।
१६८ सदस्यीय केन्द्रीय कार्यसमितिमा अहिले १४८ जना छन् । जसमा ४३ जना महिला सदस्य छन् । १६८ को ३३ प्रतिशत पुर्याउन थप १२ जना महिला केन्द्रीय सदस्य बनाउनुपर्ने कांग्रेसलाई बाध्यता छ ।




















प्रतिक्रिया