काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीको सचिवालय बैठक बुधवार बस्दै छ । बैठकले मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा पार्टीबाट उम्मेदवार बन्नेहरूका लागि न्युनतम मापदण्ड तय गर्ने बताइएको छ ।
बैठक दिउँसो २ बजे पार्टी मुख्यालय आलोक नगरमा बस्नेगरी बोलाएको उपमहासचिव डा. विजय पौडेलले जानकारी दिए । सो पार्टीका नेताहरुका अनुसार सचिवालय बैठकले मापदण्ड तय गरेर निर्वाचन क्षेत्र कमिटीलाई तोकिएको मापदण्डभित्र रहेर उम्मेदवार सिफारिस गर्न सर्कुलर जारी गरिनेछ ।
एकीकृत समाजवादी सत्तारुढ दलमा तेस्रो ठूलो दल हो । पाँच दलीय गठबन्धनमा रहेका दलहरूलाई १६५ मध्ये कुन दलले कति सिट पाउने भन्ने टुंगो लागि सकेको छैन । यसबारे कार्यदल नै बनाएर गठबन्धनले छलफल तथा सहमतिको प्रयास गरिरहेको छ ।




















प्रतिक्रिया