Logo

राजनीति

जबरजस्ती फाेहाेरकाे गाडी बञ्चरेडाँडा लान खाेजिएपछि आज पनि प्रहरी र स्थानीयबीच झडप



काठमाडौं । काठमाडौंको फोहोर बञ्चरेडाँडा लैजाने क्रममा आज (बुधवार) पनि स्थानीय र प्रहरीबीच झडपको स्थिथि सिर्जना भएको छ । स्थानीयको विरोधको बाबजुत पनि प्रहरीले स्कर्टिङ गरेर फोहोरको गाडी बन्चरेडाँडामा लैजाने खोजेपछि स्थानीय झन् आक्रमक भएका हुन् ।

फोहोरको गाडी बञ्चरेडाँडामा पुगेसँगै स्थानीय र प्रहरीबीच झडप भएको हो । सो क्रममा प्रहरीले स्थानीय दिपेश कार्कीलाई नियन्त्रणमा लिएको छ । धुनवेशी नगरपालिका १ का वडाध्यक्ष मानबहादुर तामाङका अनुसार प्रहरीले बल प्रयोग गरेर जबरजस्ती फोहोर बन्चरेडाँडामा खसाल्न थालेपछि स्थानीयले विरोध गरेका थिए ।

सो क्रममा झडप भएको उनको भनाइ छ । प्रहरीले दमन गर्न खोजेपछि स्थानीयबासीहरुले चढेर डुँगा हान्न थाले । फोहोरको गाडीको लागि सुरक्षाका लागि बन्चरेडाँडामा २५० भन्दा बढी प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यसअघि मंगलवार पनि प्रहरीको सहयोगमा १८६ गाडी फोहोर बञ्चरेडाँडा पुर्‍याइएको थियो । स्थानीयको अवरोध हटाउनलाई प्रहरीले रबर गोली समेत प्रहार गरेको थियो । सो क्रममा एक जना घाइते पनि भएका थिए ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १४:३९   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।