काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्ताव अध्ययनका लागि बनेको महाअभियोग सिफारिस समितिले आन्तरिक कार्यविधिको मस्यौदा तयार पारेको छ। गठन भएको झण्डै ६ महिनापछि सक्रिय भएको महाअभियोग सिफारिस समितिको मस्यौदामा आरोपित (आरोप लागेका व्यक्ति)सँग बयान लिने व्यवस्था पनि गरिएको छ ।
उक्त व्यवस्थाअनुसार समितिले हाल महाअभियोग लगाउन प्रस्ताव भएका जबरासँग बयान लिने छ। आन्तरिक कार्यविधिको दफा १० को देहाय (क)मा आरोप लागेका व्यक्तिलाई समितिमा उपस्थित गराई सोधपुछ गर्ने, जानकारी लिने वा बयान गराउने उल्लेख गरिएको छ ।
यस्तै, आरोप लागेका व्यक्तिलाई कुनै लिखित वा कागजात पेस गर्न आदेश दिने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । समितिको कार्यविधिमा आरोप लागेका व्यक्तिलाई सफाइ पेस गर्ने मौका दिने व्यवस्था पनि गरिएको छ । जबराविरुद्ध महाअभियोग प्रस्ता दर्ता भएको ३ हप्तापछि (फागुन २२ गते) यो समिति गठन भएको थियो ।
बिजनेश पाएको झन्डै डेढ हप्तापछि ११ सदस्यीय महाअभियोग सिफारिस समतिको पहिलो बैठक बुधवार बसेको थियो ।
कार्यविधिकाे पूर्णपाठ




















प्रतिक्रिया