Logo

अन्तर्राष्ट्रिय

नतिजा राम्रो आउने गरी काम गर्न कर्मचारीलाई गूगलकाे निर्देशन, नभए बर्खास्त गर्ने चेतावनी



एजेन्सी । गूगलले राम्रो नतिजा निकाल्ने गरी काम नगरेको भन्दै बर्खास्त गर्ने चेतावनी दिएको छ । कम्पनीको बिक्री टोलीले कर्मचारीहरूलाई उनीहरूको समग्र बिक्री उत्पादकत्व र आफ्नै उत्पादकत्वलाई ध्यानमा राख्दै अर्को त्रैमासिकको नतिजा राम्रो नआएमा निक्लन तयार हुन चेतावनी दिएको हो ।

गूगलका सीईओ सुन्दर पिचाईले हालै कम्पनीमा कर्मचारी धेरै भए पनि काम भने निकै कम भएको बताएका छन् । उनले कर्मचारीहरूलाई अझ राम्रो काम गर्न, आफ्ना उत्पादनहरू सुधार गर्न र ग्राहकहरूलाई मद्दत गर्नमा ध्यान दिन सल्लाह दिएका छन् ।

पछिल्लो समय सार्वजनिक रिपोर्टहरुका अनुसार गूगलका केही शीर्ष अधिकारीहरूले कर्मचारीहरूलाई प्रदर्शन देखाउन वा अगाडि कडा निर्णयहरूको लागि तयार हुन आग्रह गरेका छन् । व्यवस्थापनले कर्मचारीलाई तीन महिनाको अल्टिमेटम दिँदै बर्खास्तीका लागि तयार रहन आग्रह हो ।

कम्पनीको रिपोर्टले गूगलको राजस्व वृद्धि दुई वर्षमा सबैभन्दा सुस्त रहेको देखाएको छ । प्राविधिक कम्पनीहरू लामो समयदेखि चुनौतीहरूसँग जुधिरहेका छन् र यही कारणले गर्दा यस वर्ष अहिलेसम्म कम्पोजिट सूचकांक २६ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १९:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।