Logo

राजनीति

सिट बाँडफाँटलाई टुंगाेमा पुर्‍याउन संयाेजक सिटाैलाले फेरि शीर्ष नेतासँग छलफल गर्ने



काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँड कार्यदलले सिट बाँडफाँडको मोडालिटीबारे फेरि शीर्ष नेताहरुसँग छलफल गर्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बुधवार (आज) बसेको कार्यदलको बैठकमा सदस्यहरुबीच विभिन्न मोडालिटीमाथि छलफल भएको थियो ।

अब अन्तिम रुप दिन कार्यदलका संयोजक कृष्णप्रसाद सिटौलाले शीर्ष नेताहरुसँग छलफल गर्ने, त्यसपछि सबै दलभित्र आन्तरिक छलफल गर्ने र सिट बाँडफाँडको विषय टुंगोमा पुर्‍याउने नेताहरुबीच सहमति भएको छ । कार्यदलले २०७४ र ०७९ का दुवै निर्वाचनको मतपरिणामको आधारमा सिट बाँडफाँड गर्न सकिने समान धारणा बनाएको छ ।

सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले कार्यदललाई दिइएको जिम्मेवारी पूरा गर्ने चरणमा पुगेको बताए । ‘जुन जिम्मेवारी कार्यदललाई सुम्पिएको थियो, हामी त्यो जिम्मेवारी पूरा गर्ने चरणमा पुगेका छौँ,’ उनले भने, ‘हामीले एउटा छलफल गरेर निष्कर्षमा पुगेका छौँ, त्यो विवरण नेताहरुलाई एक पटक जानकारी गराउने र अर्को बैठकबाट सिट बाँडफाँडको टुंगो लगाउने सहमति भएको छ ।’

प्रकाशित मिति : १ भाद्र २०७९, बुधबार १९:३०   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।