Logo

कोशी प्रदेश

चट्याङका कारण सोलुखुम्बुमा ईन्टरनेट सेवा अवरुद्ध, राहदानी वितरण लगायतका सेवा ठप्प



सोलुखुम्बु । सोलुखुम्बुमा ईन्टरनेट सेवा अवरुद्ध हुँदा जिल्ला प्रशासन कार्यालयबाट राहदानी (पासपोर्ट) वितरण सेवा ठप्प बनेको छ । चट्याङका कारण ईन्टरनेट अवरुद्ध हुँदा सेवा प्रवाहमा समस्या देखिएको सहायक प्रमुख जिल्ला अधिकारी सीता अधिकारीले जानकारी दिइन् । पाँच दिनयता ईन्टरनेट सेवा अवरुद्ध हुँदा सेवाग्राही मर्कामा परेका उनले बताइन् ।

उदयपुरको रौतामा परेको चट्याङका कारण डिभाइसमा समस्या आएपछि गत बिहीबारदेखि सोलुखुम्बु प्रशासनमा पनि ईन्टरनेट अवरुद्ध बनेको हो । ईन्टरनेटको विकल्प नहुँदा थप समस्या निम्तिएको अधिकारीको भनाइ छ । उनका अनसार ईन्टरनेटको समस्या समाधान हुन अझै केही दिन लाग्ने जानकारी दिइन् । चाँडै सेवा लिन नपाउँदा थप समस्या झेल्नुपरेको सेवाग्रीहरूको भनाइ छ ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  १२ : ५६ बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।