Logo

राजनीति

विवेकशील साझाका प्रवक्ता पाठकले दिए राजीनामा



काठमाडौं । विवेकशील साझा पार्टीका प्रवक्ता शरदराज पाठकले जिम्मेवारीबाट राजीनामा दिएका छन् । पार्टीमा हालै नयाँ नेतृत्व चयन भएपछि नयाँ प्रवक्ता चयनका लागि मार्ग प्रशस्त गर्न नैतिकताका आधारमा राजीनामा दिएको उनले उल्लेख गरेका छन् ।

पाठक विगतमा साझा पार्टीको पनि प्रवक्ता थिए । विवेकशीलसँग पुनः एकीकरणपछि पनि उनलाई एकीकृत पार्टीले प्रवक्ताको जिम्मेवारी दिएको थियो । पाठक २०७४ को निर्वाचनमा चितवन क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार थिए ।

प्रकाशित मिति : २ भाद्र २०७९, बिहीबार १६:१८   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।