Logo

राजनीति

नागरिकता विधेयक : संसदमा मत विभाजन प्रक्रिया सुरु



काठमाडौं । प्रतिनिधिसभामा नागरिकता विधेयकमाथि मत विभाजन प्रक्रिया सुरु भएको छ । नेकपा एमालेका सांसदले मत विभाजन मागेपछि सभामुख अग्निप्रसाद सापकोटाले मत विभाजन प्रक्रिया सुरु गरेका हुन् ।

अब नागरिकता विधेयक पारित गर्दा मत विभाजन हुनेछ । अर्थात सांसदहरुले यो विधेयक पारित गर्दा पक्ष वा विपक्षमा मत दिनुपर्नेछ । सांसदहरुले तटस्थ रहन पनि पाउनेछन् ।

सभामुख सापकोटाले विधेयक पारित गर्ने क्रम अघि बढाएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मत विभाजनबाट मात्र निर्णय गर्नुपर्ने माग गरेको थियो ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ६ : २४ बजे

156
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।