Logo

अर्थ

लघुवित्तहरुविरुद्ध सुनियोजित आन्दोलन गर्ने व्यक्ति तथा समूहलाई कारबाही गर्न गृहको निर्देशन



काठमाडौं । सरोकारवाला निकाबाट अनुमति प्राप्त गरी सञ्चालनमा रहेका लघुवित्त संस्थाहरुविरुद्ध सुनियोजित आन्दोलन चर्काइएको भन्दै त्यस्ता व्यक्ति तथा समूहलाई कारबाही गर्न गृह मन्त्रालयले जिल्ला प्रशासनहरुलाई निर्देशन दिएको छ । केही व्यक्ति तथा ‘लघुवित्त विरुद्ध संघर्ष समिति’ नामको अवैधानिक समूहले सुनियोजित तवरले आन्दोलन गरिरहेको भन्दै गृहले आज (बिहीवार) जिल्ला प्रशासनहरुलाई यस्तो सर्कुलर जारी गरेको हो ।

‘सुनियोजित तवरले आन्दोलन गरी कार्यक्रममा अवरोध सृजना गर्ने, कपोलकल्पित आक्षेप लगाइ अनर्गल प्रचार गर्ने र यस क्षेत्रमा काम गर्ने लघुवित्त कर्मीहरुलाई कार्यक्रम बन्द गर्न धम्की दिई मनोवल कमजोर गराउने, साेझासाझा सदस्यहरुलाई वित्तीय सेवा उपभोग गर्न बाधा पुर्‍याई लघुवित्त कार्यक्रमलाई नै धरासयी बनाउने कोशिस भइरहको भनी नेपाल लघुवित्त बैंकर्स संघबाट गृहमन्त्री ज्यूलाई सम्बोधन गरी लेखिएको पत्रमार्फत जानकारी प्राप्त हुन आएको हुँदा उक्त पत्र र संलग्न कागजातहरुको छायँप्रति पाना छ यसैसाथ रखी आवश्यक कारबाहीको लागि पठाइएको व्यहोरा आदेशअनुसार अनुरोध छ’, गृहले लेखेको पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : भाद्र २, २०७९ बिहीबार  ७ : २३ बजे