Logo

अर्थ

शुक्रवार पनि घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा शुक्रवार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य तोलामा ४०० रुपैयाँले घटेको छ। शुक्रवार छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार ५०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९५ हजार रुपैयाँ कायम भएको छ।

यसअघि बिहीवार भने छापावाल सुन प्रतितोला ९५ हजार ९०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो भने तेजाबी सुन ९५ हजार ४०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । चाँदीको मूल्य प्रतितोला १ हजार १८५ रुपैयाँ कायम भएको छ । यसअघि बिहीवार भने चाँदी प्रतितोला १ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १२:२७   :  बजे

102
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।