Logo

प्रमुख समाचार

कांग्रेस नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्य अवस्था जटिल बनेको छ । ललितपुरस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचाररत उनको स्वास्थ्य अवस्था जटिल रहेको कांग्रेस नेता विमलेन्द्र निधिले बताएका छन् ।

आज (शुक्रवार) उपचाररत नेता गिरीलाई भेट्न मेडिसिटी पुगेका उनले भनेका छन्, ‘आदरणीय मेरा अग्रजभ्रातातुल्य मित्र, समाजवादी, गांधीवादी, विचारक,योद्धा, नेपाली काँग्रेसका नेता प्रदिप गिरि लाई मेडिसिटिमा दोस्रोपटक हेरेर बाटोमा फर्कदै छु । स्तब्ध र निरिह छु । ईश्वरीय चमत्कारको लागि प्रार्थना गर्दछु । सबैले प्रार्थना गरौं !’

घाँटीमा देखिएको क्यान्सरको उपचारका लागि भारत गएका उनी स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किएका थिए । लगत्तै निमोनियाको समस्या देखिएपछि साउन ९ गते अस्पताल भर्ना भएका हुन् ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १५:४९   :  बजे

81
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।