Logo

राजनीति

चुनाव चिह्न एउटै भए पनि निर्वाचनअघि बाबुरामसँग पार्टी एकता हुँदैन : प्रचण्ड



गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबुराम भट्टराईसँग चुनावअघि पार्टी एकता नहुने बताएका छन् । शुक्रवार गोरखा आएका प्रचण्डले एउटै चिह्नबाट चुनाव लड्ने सहमति भए पनि चुनावअघि पार्टी एकताको सम्भावना नरहेको स्पष्ट पारेका हुन् ।

बाबुराम भट्टराईलाई गोरखा क्षेत्र नम्बर २ बाट उठाउने हो भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘को कहाँबाट उठ्ने भन्ने बिषय अहिले टुंग्याइएको छैन, तर बाबुराम जी र हामी फेरि एकपटक एकै ठाउँमा उभिने भयौं, गोरखाका लागि यो विशेष महत्वको कुरा हो ।’ नेकपा एकीकृत समाजवादीसँग भने पार्टी समायोजनका लागि समिति बनाउने तयारी भइरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ३ भाद्र २०७९, शुक्रबार १७:४४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।