Logo

अन्तर्राष्ट्रिय

चीनतिर आमिर खानको नजर



एजेन्सी/मुम्बई । बलिउड अभिनेता आमिर खानको फिल्म ‘लाल सिंह चढ्ढा’ बक्सअफिसमा फ्लप साबित भइसकेको छ । गत ११ अगष्टमा रिलिज फिल्मले बक्सअफिसमा निरासाजनक प्रदर्शन गर्यो । चार वर्षपछि रिलिज भएको यो फिल्मले मुस्किलले ५० करोडको आँकडा पार गर्न सक्यो । भारतीय बक्सअफिसमा फिल्म फ्लप भए पनि आमिर दुःखी भने छैनन् । उनको नजर यतिबेला चीनतिर सोझिएको छ ।

चीनमा आमिरको फ्यान फलोइङ धेरै छ । चीनमा उनको फिल्मलाई प्रतिक्षा गर्ने जमात ठूलो छ । चार वर्षपछि आमिरको फिल्मी आगमनले पनि चिनियाँ दर्शक उत्साहित छन् । यस्तो अवस्थामा ‘लाल सिंह चढ्ढा’ले चिनियाँ बक्सअफिसमा धमाल मच्चाउने सम्भावना बढेर गएको छ ।

यसअघि आमिरका कैयैं फिल्मले चिनियाँ बक्सअफिसमा राम्रो व्यापार गरेका छन् । फिल्म ‘थ्री इडियट्स’ ले चिनियाँ बक्सअफिस सय करोडको कमाई गरेको थियो ।

त्यस्तै फिल्म ‘पीके’ले १ सय २८ करोड, ‘दंगल’ले १३ सय करोड, ‘सीक्रेट सुपरस्टार’ले ८ सय करोडको कलेक्सन गरेको थियो ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ०९:०२   :  बजे

72
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।