Logo

मनोरञ्जन

यस्तो छ ‘प्रेमगीत–३’को दोस्रो नेपाली र हिन्दी टिजर (भिडियाेसहित) 



काठमाडौं । नेपाली कथानक चलचित्र ‘प्रेमगीत–३’ को दोस्रो नेपाली र हिन्दी टिजर सार्वजनिक गरिएको छ । 

दोस्रो टिजरमा अभिनेता मनिष राउतलाई खलपात्रका रुपमा स्थान दिइएको छ । साथमा शिव श्रेष्ठलाई पनि देखाइएको छ । 

असोज ७ गते रिलिज हुने चलचित्रको ट्रेलर सेप्टेम्बर १ मा रिलिज हुने निर्माण पक्षले जनाएको छ । चलचित्र नेपाल र भारतमा एकसाथ प्रदर्शन हुने निर्माता सन्तोष सेनले बताएका छन् । 

सन्तोष सेन र छेतेन गुरुङले निर्देशन गरेको चलचित्रमा प्रदीप खड्का, मनिष राउत, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, अनुभव रेग्मी, सुनील थापालगायत कलाकारको अभिनय छ । 

‘प्रेमगीत–३’ हिन्दीमा डबिङ गरेर भारतमा थिएटरमा रिलिज हुन लागेको पहिलो नेपाली चलचित्र हो । 

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार ०९:३७   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।