Logo

समाचार

कांग्रेस नेता गिरीको स्वास्थ्य स्थिति स्थिर



काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको स्वास्थ्यस्थिति स्थिर छ । शनिवार दिउँसो जारी स्वास्थ्य अपडेट अनुसार उनलाई भेन्टिलेटर सपोर्टमा नै राखिएको छ ।

उनका स्वकीय सचिव कृष्ण खनालका अनुसार हिजो शुक्रबार जे अवस्था थियो अहिले त्यहि स्थिति छ । लामो समय भारतमा स्वास्थ्य उपचारपछि नेता गिरी नेपाल फर्किएका थिए ।

स्वास्थ्यमा क्रमिक सुधार भइरहँदा कही दिन अघि उनको छातीमा संक्रमण देखिएको हो । उनको अहिले मेडी सिटी हस्पिटल ललितपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १३:४४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।