Logo

प्रमुख समाचार

देशभर थप २९९ जनामा कोरोना संक्रमण, ५७७ डिस्चार्ज, २ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार एक हजार ६७० पीसीआर परीक्षणमा १८० जना र दुई हजार ६६७ एन्टिजेन परीक्षणमा ११९ जना गरी कुल २९९ जनामा संक्रमण पुष्टि भएको हो ।

यही अविधमा थप ५७७ जना संक्रमणमुक्त भएका छन् । त्यस्तै कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमित संख्या चार हजार ६२५ रहेको छ ।

प्रकाशित मिति : ४ भाद्र २०७९, शनिबार १७:५०   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।