Logo

अर्थ

सेयर बजारमा ७ अंक भन्दा बढीको गिरावट, कारोबार रकम पनि घट्यो



काठमाडौं । साताको पहिलो कारोबार दिन (आइतबार) सेयर बजारमा सामान्य गिरावट देखिएको छ । आइतबार सेयर बजार कारोबार मापक नेप्से परिसूचक ७.७२ अंकले घटेर २०६०.५५ बिन्दुमा रोकिएको छ ।

ठूला तथा बलिया कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक पनि १.४९ अंकले घटेर ३९८.५८ बिन्दुमा झरेको छ । आज कारोबार अवधिभर २१८ कम्पनीको ५३ लाख ३९ हजार ४ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६८९ रुपैयाँको कारोबार भएको छ ।

कुल १३ उपसमूहमध्ये ४ वटा समूहको सेयर मूल्य बढेको छ भने बाँकी ९ वटा समूहको सेयर मूल्यमा गिरावट आएको छ । आज ४७ कम्पनीको मात्र सेयर मूल्य बढेको छ । १३२ कम्पनीको सेयर मूल्य बढेको छ भने ८ कम्पनीको सेयर मूल्यमा कुनै परिवर्तन आएको छैन ।

यस दिन मन्दाकिनी हाइड्रोपावर र अप्पर हेवाखोला हाइड्रोपावरको सेयर मूल्यमा उच्च वृद्धि भएको छ । त्यस्तै, रिभर फल्स, हिमालयन हाइड्रोपावर, कर्पोरेट डेभलपमेन्ट बैंक लगायत कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाएका छन् ।

यस्तै कारोबार रकममा पनि गिरावट आएको छ । आइतबार २ अर्ब ४ करोड ७० लाख ९३ हजार ६ सय ८९ रुपैयाँ बराबरको ५३ लाख ३९ हजार ४ कित्ता सेयर ४३ हजार ४ सय ५५ पटकमा खरिद बिक्री भयो । यसअघि बिहीवार ५१ लाख १ हजार २२० कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५ करोड ७९ लाख ८० हजारको कारोबार भएको थियो । शुक्रबार भने सार्वजनिक विदाका कारण सेयर बजार बन्द रहेको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०७९, आईतवार १५:२९   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।