काठमाडौँ । नेपालकै चर्चित साहित्य पोर्टलको साहित्यपोस्ट उत्तम कृति तथा काव्य पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ ।
नयाँ लेखकलाई प्रोत्साहनस्वरुप सुरु गरिएको पुरस्कार विसं २०७८ बाट सुरु भएको थियो । आख्यान तथा गैर आख्यानलाई प्रदान गरिँदै आएको पुरस्कार यस वर्षबाट स्तोरन्नती हुँदै काव्यलाई समेत दिइएको साहित्यपोस्टका संयोजक कृष्ण ढुङ्गेलले बताएका छन् ।
उत्तम कृति पुरस्कार र उत्तम काव्य पुरस्कारका संस्थापक उत्तमप्रसाद पन्त र उत्तम भौकाजी रहेका छन् ।
सर्जकले आफ्नो पहिलो पुस्तक प्रकाशन भएपछि साहित्यपोस्टलाई प्रदान गर्न सक्नेछन् । छनौट समितिले उत्कृष्ट पुस्तकलाई मूल्यांकन गर्दै पुरस्कार दिनेछ ।
यस वर्ष ३०० भनदा बढी उत्तम पुरस्कारका लागि प्रतिस्र्पधामा आएका थिए । छनौट समितिले आख्यान तथा गैर आख्यानमा भवानी खतिवडाको घामभन्दा पहिले, मीरा गोतामेको निती, विश्व कुइँकेलको सुगन्धपुर, डा. अजय रिसालको गीतामा मनका कुरा, सत्या अधिकारीको उमगं, कृष्णमुरारीको हाहाहोला, झक्म तिमल्सिनाको अन्धकूप, दीलिप वान्तवाको ताल्चा, सपना आचार्यको मलिलो माटो, उदय अधिकारीको प्रश्न र लोकराज भट्टको छाइल उत्कृष्ट पुस्तकमा परेका थिए ।
त्यसैगरी उत्तक काव्यकृतिमा शरद पोखरलको समुन्द्रमा डुगां, केवल बिनाबिको यादहरुको संग्रालय, हरिमाया अधिकारीको छोपिएको भाग्यरेखा, डा.वीरेन्द्र केसीको आमाको काखमा दुखेको देश, शशी भट्टराईको निर्मल तलाउमा तरंग, रोशन तिम्लिसिनाको चिरिएको पैताला, अजित उत्सवको आकाश गंगाको किनार, पेशलकुमार लुइँटेलको पोल्टाभित्र डिही र शान्ति प्रियबन्दनाको जिल खाइरहेको एक्काइसौँ शताब्दी रहेका थिए ।
पहिलो दोस्रो चरण गर्दै निकै सामान्य अङ्कले प्रियबन्दनाको जिल खाइरहेको एक्काइसौँ शताब्दी र भवानी खतिवडाको घामभन्दा पहिले पुस्तकले यस वर्षए साहित्यपोस्ट उत्तम पुरस्कार प्राप्त गरेको कार्यक्रमको निर्णायक केदार बशिष्ठले बताएका छन् ।
आगामी वर्ष साहित्यपोस्ट उत्तम कृति पुरस्कारका संस्थापक उत्तमप्रसाद पन्तले ५० हजार पुरस्कार राशीलाई आगामी वर्षदेखि १ लाख बनाइने समेत बताएका छन् ।
कृष्ण ढुङ्गेल र अच्यूत कोइरालाले सयुंक्त रुपमा सञ्चालन गरेको कार्यक्रममा भारी दर्शक तथा साहित्यकारहरुको उपस्थिति रहेको थियो ।
















प्रतिक्रिया