रक्सी आफैँमा हानिकारक हो । तर रक्सीलाई चाहाने मान्छे चाहिँ के हो त्यो हामीलाई थाहा छैन । रक्सीको बाटो भएर कति घाटसम्म पुगे त्यसको तथ्यांक चित्रगुप्तबाहेक अन्यलाई थाहा छ कि छैन थाहा भएन ।
भट्टीमा बसेर होस् वा भट्टीमा लुकेर होस् । मान्छेले रक्सीलाई आफ्नो सबैभन्दा प्रिय मान्छन् ।
स्मरण रहोस् विश्व अर्थतन्त्रको अधिकांश हिस्सा हतियार व्यापार र मदिरा व्यापार कारखानाहरुले धानेका छन् । मदिराको यही गुणगानलाई बुझेर होला, हाम्रा कवी भूपी शेरचनले पनि लेखिदिए,
मैले पिएकोमा रिसाएका साथीहरू
एक फेर पिएर त हेर , पिउन झन गाह्रो छ
मरेर शहीद हुनेहरु, एकफेर जिएर त हेर
जिउन झन गाह्रो छ
मदिराको यस नशामा धेरैले अकालमा ज्यान गुमाएका छन्, धेरैको समबन्ध, घरपरिवार तहस नहस भएको छ । मदिरा पक्कै पनि राम्रो कुरा त कहाँ हो र ? आउनुहोस् जानकारी लिउ, मदिराको वैदिक इतिहासको बारेमा ।
ईशापूर्व १७०० बर्ष देखिको इतिहास भएको ऋग्वेदले प्रथम पटक मदिराको उल्लेख गरेको पाइन्छ । सोम र प्रहामनाका नाममा मदिराजन्य तरल पदार्थलाई विषका रुपमा व्याख्या गरिएको छ । उतातर्फ आर्युवेदले असभस र अरिस्थासका नाममा विभिन्न वनस्पतिका रस मिसाएर बनाइएको नशा लाग्ने ओखतीको उल्लेख गरेको छ, यस बनस्पतीजन्य ओखती मदिरा नै हो र यसको प्रयोग न्यून मात्रामा गर्नुपर्ने र बिशेषज्ञको सुझावमा गर्नुपर्ने अव्यक्त नियम पनि रहेको छ । यस्ता असभस र अरिस्थासका प्रयोगले पाचन प्रणालीको समस्या र रक्तसञ्चारको समस्या कम गर्ने प्रयोगात्मक इतिहास छ । असुरहरुका गुरु शुक्राचार्यको एउटा पौराणीक प्रसंग यहाँ जोड्न चाह्यौं, शुक्राचार्य असुरहरुका गुरु अनि शिवका परमभक्त हुन् । उनलाई मात्र मरेका मान्छेलाई बचाँउन सक्ने संजिवनी मन्त्र थाहा हुन्छ, असुर र देवहरुको यूद्धमा शुक्राचार्यको यस सीपका कारणले देवसेनाहरू हारिरहेको हुन्छन् ।
देवताका गुरु वृहस्पतीले आफ्ना पुत्र काचालाई शुक्राचार्यसंग यस संजिवनी मन्त्र बुझ्न पठाँउदछन् । शुक्राचार्यकी सुन्दरी छोरी देवयानीलाई सर्वप्रथम मायाजालमा पार्न काचालाई बृहस्पतीले निर्देशन दिएका हुन्छन् । काँचाले देवयानीसंग नजिक भएर माया जाल रच्दछ तर असुरहरुले यो कुरा चालपाएर काचाको हत्या गर्दछन् ।
छोरी देवयानीको अनुनयपछि शुक्राचार्यले आफ्नो संजिवनी मन्त्र प्रयोग गरेर काचालाई बचाँउदछन्, पूनः असुरहरुले उनको हत्या गर्दछन् । शुक्राचार्यले हरेक पटक काचालाई मरेपछि बचाँउदछन् । अन्त्यम असुर सेनाले काचालाई मारेर अनि उसको शरीर पिसेर मदिरामा हालेर झुक्कयाएर शुक्राचार्यलाई सेवन गराँउदछन् ।
मदिरा सेवनपछि पेटमा दर्द भएका शुक्रार्चायले सबै कुरा चाल पाएर पेट भित्रका काचालाई मन्त्र भनेर आफ्नो पेट चिरेर बाहिर निकाल्दछन् । यसरी निस्केका काचाले त्यही मन्त्र प्रयोग गरेर पेट चिरेर मरेका शुक्राचार्यलाई बचाँउदछन् । यसरी मदिराको नशाले समस्या आउने र सवेंदनामा खलल पुग्ने जानेर शुक्रचार्यले महाभारतमा भनेको श्लोक यसप्रकार छ ।
यो ब्राह्मणो अद्य प्रभृतीह कश्चिन्मोहात्सुरां पास्यति मन्दबुद्धिः।
अपेतधर्मो ब्रह्महा चैव स स्यादस्मिँल्लोके गर्हितः स्यात्परे च ।।
अर्थात कुनै पनि ब्राहमणले मुर्खता पूर्वक मदिरा सेवन गरेमा धर्म भ्रष्ट भएको मानिनेछ । यसलाई ब्रहमहत्याको पापका साथै यस लोक र अर्को लोकमा पनि मुक्ति नमिल्ने भनिएको हो ।
हुन त परापूर्व कालमा पनि क्षत्रिय हरुले मदिराको सेवन न्यून मात्रामा ओखतीका तवरले गरेको भन्ने पाइन्छ तथापि स्वास्थका दुष्टिले अनि धर्मका रुपमा मदिरा सेवन प्रश्रयमा राखिएको भने छैन् । स्मरण रहोस् भगवान राम पनि क्षत्रिय नै हुन् । भागवत गीतामा ब्राहमणलाई जन्म भन्दा पनि कर्म, दान, त्याग अनि अध्ययनको उपज मानिएको छ ।
हिन्दु सनातन परम्परामा मन्त्र पूजारी समुदायले मदिरा सेवन लाई प्रश्रय नदिएपनि तन्त्र पुजारी समुदायमा यसको प्रयोग सामाजिक र परम्परागत रुपमै पाइन्छ । पश्चिमा देशहरुमा घाउचोट लाई उपचार गर्न टिन्चर झोलका रुपमा बनस्पतीजन्य मदिरानै प्रयोग गरिन्छ र गरिदै आएको हो । आर्यूवेदमा पनि यस्तै बनस्पतीका झोलहरुका रुपमा असभस र अरिस्थासका प्रयोग उल्लेखित गरिएको हो । पौराणीक कालमा अझ चारक संहितालाई उद्धत गर्न चाह्यौं, मदिराजन्य झोलाहरुलाई बनस्पती वाट बनाइने र अन्नवाट बनाइने दुई रुपमा उल्लेख गरिएको पाइन्छ । अन्न वाट बनाइने र भारी मात्रामा उत्पादन गरेर सेवन गरिने मदिरालाई असुरहरुको आहारका रुपमा मानिन्छ, यसलाई कडा बर्जित गरिएको छ । बनस्पती जन्य मदिरालाई ओखतीका रुपमा थोरै प्रयोग गर्ने गरिएको ईतिहास भने जगजाहेर छ । तथापि अत्याधिक मदिरा सेवन र दुरुप्रयोगलाई भनें सनातन सस्कारमा सामाजिक र मानसिक समस्याका रुपमा हेरिन्छ ।
मदिरा सम्बन्धी केही तथ्य–
१.अल्कोहल शब्दको सुरुवात सबै भन्दा पहिला सन १८४९ मा स्वीडेनका एक चिकित्सक मेग्रस हुस ले प्रयोगमा ल्याएका थिए सो भन्दा अघी यसको नाम देश अनुसार कै भाषामा उच्चारण हुने गर्दथ्यो ।
२.सि.एन.एन. ले संसारको पचास मीठो पेय पदार्थको सूचिमा ४१ औँ स्थानमा राखेर यसरी वर्णन गरेको थियो ।
३.भोड्कालाई सन्सार कै सबै भन्दा लोकप्रिय मदिरा मानिछ भने अल्कोहलको दुनियामा नेपालको हिमालि भेग मा पाइने घर पारा तीन पाने कोदो फपरको ब्रण्डलाई वर्ल्ड बेभरेज एसोसिअसनले उत्कृस्ट ४७ औ स्थानमा यसलाई राखेको छ तर यो अझै सम्म पनि संस्थागत हुन नसकेको हुँदा यसले आधिकारीकता पाउन सकेको छैन ।
४.बिलिनियर भोड्का सन्सारको सबै भन्दा महङ्गो रक्सी हो जुन १००० एम. एल. को नेपाली रुपैया ४० करोड ८ लाख पर्न आउछ ।
५.यो संसारमा एक पटकमा ५ करोड ४ लाख ५६ हजार मानिसहरुले रक्सी चियर्स गरेको गिलास बजाइरहेका हुन्छन ।
६.संसारमा सबै भन्दा बढी रक्सी रसियाका मानिसहरुले पिउँदछन । औसतमा एक रसियनले मासिक १८ लिटर रक्सी सेवन गर्दछ ।
७.आँखाको नानी निलो भएका मानिसहरुले अल्कोहलको नसा अन्यले भन्दा बढी पचाउन सक्दछन ।
८.विश्वको ३१ प्रतिसत रक स्टारहरुको मृत्यु मदिरा र लागु पदार्थको सेवानबाट भएको तथ्याङ्क देख्न सकिन्छ ।
९.रक्सीको सेवन नगर्दा ३० प्रतिसत क्यान्सर रोगको सम्भावना कम हुने रिसर्चले देखाउँछ ।
१०.देवी देवतालाई रक्सी चढाउने परम्परा केवल नेपालमा मात्र रहेको देखिन्छ । भारतमा पनि सो परम्परा रहेको कसैकसैले उल्लेख गरे तापनी सो देवी देवतालाई नभई असुरहरुलाई अर्पण गरेको पाइन्छ ।




















प्रतिक्रिया