काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ६५८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३ हजार ३८१ र एन्टिजेनबाट ३ हजार २६२ नमूनाको परीक्षण गर्दा पीसीआरबाट ४०५ र एन्टिजेनबाट २५३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।
मन्त्रालयका अनुसार यही अवधिमा थप ४५६ जना कोरोनामुक्त भएका छन् भने संक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार थपिएकासँगै कुल सक्रिय कोरोना संक्रमितको संख्या ४ हजार २९६ पुगेको छ ।




















प्रतिक्रिया