गुल्मी । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले ४ मंसिरमा हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनका लागि सत्ता गठबन्धनभित्र सिट बाँडफाँटमा समस्या नहुने बताएका छन् । उनले सिट बाँडफाँट शीर्ष नेतृत्वले टुंगो लगाउने बताउँदै भने, ‘आफूले धेरै सिट पाए हुन्थ्यो भन्ने चाहना सबै दललाई हुन्छ । तर पनि सहमतिमै सिट बाडफाँट टुंगिन्छ ।’
सोमबार समाजवादी प्रेस संगठन नेपालले तम्घासमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा खनालले अहिले चुनावपछि कसले के पद पाउने भन्नेबारे छलफल नभएको पनि बताए । अहिले निर्वाचन सफल बनाउनु नै प्रमुख कुरा रहेको भन्दै उनले पार्टीको निर्णय र आवश्यकताको आधारमा पद बाँडफाँट हुने दाबी गरे ।




















प्रतिक्रिया