Logo

राजनीति

सिट बाँडफाँट गर्न बसेको गठबन्धन बैठक विनानिष्कर्ष सकियो, अर्काे बैठक मंगलबार बस्ने



काठमाडौं । आसन्न प्रदेश र प्रतिनिधि सभा चुनावमा सिट बाँडफाँट गर्न बसेको सत्ता गठबन्धनको बैठक विना निष्कर्ष सकिएको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा सिट बाँडफाँटबारे छलफल भएपनि निष्कर्ष ननिस्केको सरकारका प्रवक्ता समेत रहेका मन्त्री ज्ञानेन्द्र कार्कीले बैठकपछि जानकारी दिए ।

उनले मंगलबार दिउँसो ३ बजे अर्को बैठक बस्ने पनि बताए । ‘गठबन्धन बैठक निष्कर्ष नजिक पुगेको छ । बैठक जारी छ’, कार्कीले भने, ‘भोली ३ बजे बस्नेछ ।’ बैठकमा सिट बाँडफाँट र त्यसपछिको अवस्थामा केन्द्रित रहेर छलफल भएको उनले बताए ।

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १८:२१   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।