Logo

राजनीति

प्रस्तावित निर्वाचन आचारसंहिता : हरेक पार्टीका मुख्य दुई प्रचारकले हेलिकोप्टर प्रयोग गर्न पाउने

एउटाकाे नामबाट अनुमति लिइएका सवारी साधन अर्काेले चलाए कारबाही



काठमाडौं । निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि प्रत्येक राजनीतिक दलका मुख्य दुई प्रचारकलाई मात्रै हेलिकोप्टर प्रयोग गर्न दिने आचारसंहितामा प्रस्ताव गरेको छ । उक्त आचारसंहितामाथि आयोगले राजनीतिक दलका प्रतिनिधिहरूसँग सोमबार छलफल पनि गरेको छ ।

निर्वाचन आचारसंहिता, २०७९ मा आयोगले सवारी साधन प्रयोग गर्दा अपनाउनुपर्ने आचरण अन्तर्गत कसले हेलिकोप्टर प्रयोग गर्न पाउने र कसले नपाउने भन्ने उल्लेख गरेको छ । ‘राजनीतिक दलले प्रचारप्रसारको लागि आफ्नो तर्फबाट दुई जना मुख्य प्रचारकको नाम आयोगमा बुझाउनुपर्ने र आयोगले अनुमति दिएका मुख्य प्रचारकले मात्र हेलिकोप्टर सेवा प्रयोग गर्न सक्ने’, आचारसंहितामा भनिएको छ । त्यस्ता प्रचारकमा संघीय सरकार, प्रदेश सरकार र स्थानीय कार्यपालिकामा रहेका पदाधिकारी भने रहन नपाउने भनिएको छ ।

निर्वाचन प्रचारका क्रममा उम्मेदवारले निर्वाचन अधिकृतको अनुमति लिई सम्बन्धित निर्वाचन क्षेत्र वा उम्मेदवार भएको स्थानमा आयोगले तोके बमोजिम बढीमा दुईवटा दुईपांग्रे वा तीनपांग्रे वा चारपांग्रे विद्युतीय तथा यान्त्रिक शक्तिबाट चल्ने हलुका सुवारी साधान र त्यस्ता सवारी साधन नचल्ने ठाउँमा बढीमा चारवटा घोडा प्रयोग गर्न सक्ने आचारसंहितामा उल्लेख छ । निर्वाचनमा प्रचारप्रसारका क्रममा विदेशी नम्बर प्लेटको सवारी साधन प्रयोग गर्न नपाइने भनिएको छ ।

त्यस्तै, एउटा दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी साधन अन्य दल वा उम्मेदवारलाई प्रयोग गर्न दिन वा अन्य उम्मेदवारले प्रयोग गर्न नहुने भनिएको छ । उम्मेदवारले लिएको सवारी साधनमा मतदाता ओसारपसार गर्न पनि बन्देज लगाइएको छ ।

याे पनि

दल वा उम्मेदवारले १० वटासम्म राष्ट्रिय झण्डा प्रयोग गर्न पाउने प्रस्ताव

प्रकाशित मिति : ६ भाद्र २०७९, सोमबार १८:५६   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।