सानिमा बैंकले बाल अस्पताल निर्माण कार्यका लागि १ करोड रुपैंयाँ सहयोग गरेको छ । बैंकले काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (केआईओसीएच) लाई अस्पताल निर्माणका लागि १ करोड रुपैयाँ सहयोग गरेको हो ।
हाल बैंकले ८६ वटा शाखा, १८ वटा विस्तारित काउन्टर तथा ९६ वटा एटीएम मार्फत् सेवा प्रदान गरिरहेको जनाएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत १ करोड रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको समझदारी पत्रमा उल्लेख छ । समझदारी पत्रमा केआईओसीएचको तर्फबाट डा. भगवान कोइराला र बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत तेज बहादुर चन्दले हस्ताक्षर गरेका छन् ।
केआईओसीएचका संस्थापक अध्यक्ष डा. भगवान कोइराला मुटुरोग विशेषज्ञ, प्राध्यापक तथा समाजसेवी हुन् ।
बालबालिकाहरुलाई अत्यावश्यक स्वास्थ्य सेवा प्रदान गर्नको लागि केआईओसीएचले काठमाडौंलगायत सबै प्रदेशमा सुविधायुक्त अस्पताल निर्माण गर्ने लक्ष्य राखेको छ । अस्पताल निर्माणको लागि सरकारले बुढानिलकण्ठ–७ स्थित ४१ रोपनि भन्दा बढी जग्गा २०७६ सालमै भाडामा दिने निर्णय गरेको थियो ।





















प्रतिक्रिया