नेपाल इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीले जगदम्बा मोटर्स कम्पनीमा दावी भएको दुर्घटना बीमालेख अन्तर्गतको रकम भुक्तानी गरेको हो । कम्पनीमा बीमा गरेका मृतक राजदेव यादवको मृत्यु दावी वापतको रकम २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको छ ।
उक्त चेक कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत ईश्वर पोखरेलले जगदम्वा मोटर्स प्रा.लि.का प्रतिनिधि दिनेश राज पाण्डेको उपस्थितिमा मृतकका हकवालालाई हस्तान्तरण गरेका हुन् ।
कम्पनीले अबका दिनमा पनि बीमा दावी रकम समयमै भुक्तानी गर्ने जनाएको छ ।





















प्रतिक्रिया