Logo

प्रमुख समाचार

साठी हजार जनसङ्ख्या भएको देशमा चार हजार कोरोना संक्रिमत



प्रशान्त महासागरको विकट क्षेत्रमा रहेको मुलुक मार्सल आइल्यान्डमा अहिले कोभिड–१९ को महामारी फैलिएको छ ।

विगतमा यो मुलुक झण्डै कोरोना मुक्त अवस्थामा थियो । विश्वभरि कोरोना महामारी फैलिरहेको अवस्थामा त्यहाँ केही नगन्य संक्रमणको घटना मात्र देखिएको थियो ।

तर, एकसाता यता करिब ६० हजार जनसंख्या रहेको यहाँ ४ हजार भन्दा बढी व्यक्ति कोभिड–१९ पोजिटिभ भेटिएका छन् ।

स्वास्थ्य तथा मानव सेवामन्त्री ज्याक निडेन्थलसमेत कोरोना संक्रमित भएका छन् ।

उनले आफ्नो फेसबुक एकाउन्टमार्फत महामारीसम्बन्धी खबर अद्यावधिक गरिरहेका छन् । उनले कुल संक्रमितमध्ये ७५ प्रतिशत राजधानी माजुरोका बासिन्दा रहेको जानकारी दिएका छन् । सयौँ संख्यामा स्वास्थ्यकर्मीसमेत संक्रमित हुन पुगेका छन् ।

प्रकाशित मिति : ७ भाद्र २०७९, मंगलवार १४:२३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।