Logo

प्रमुख समाचार

कुखुराले फर्सी खान्छु भन्नु र प्रचण्ड-माधवले एमाले सिध्याउँछु भन्नु उस्तै हो : केपी ओली



काठमाडाैं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एमालेलाई सिध्याउछु भनेर हिँडेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल (प्रचण्ड) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपाल लगायतलाई मुखभरिको जवाफ फर्काएका छन् ।

एमाले जस्तो रात र तापबाट खारिएर आएको पार्टीलाई सिध्याउछु भन्ने दिवा सपना देखेर नहिड्न चेतावनी दिदै ओलीले एमाले सिध्याउछु भनेर प्रचण्ड र नेपालहरुले भन्नु कुखुराले फर्सि खान्छु भनेर तम्सनु जस्तो मात्रै भएको बताएका छन् ।

कुखुराले जती नै क्वाँ क्वाँ गरेर फर्सी खान्छु भनेर हिँडे पनि फर्सी खान सक्छ ? कदापी सक्दैन हो, त्यस्तै यी गठबन्धनधारीले पनि एमालेलाई खान्छु भनेर लाग्नु त्यस्तै हो ओलीले भनेका छन् । एमालेलाई कमजोर बनाउनका लागि धेरै प्रहार गरे पनि उनीहरुले नसकेको भन्दै उनले अब त एमालेका अघि एक्लै उभिन सक्ने तागत कसैको बताए ।

एमालेसँग एक्लै प्रतिस्पर्धा गर्न नसकेर ७ वटा पार्टीले गठबन्धन गर्न खोजेको भन्दै ओलीले जत्ति वटा पार्टी मिलेर आए पनि एमाले एक्लै काफी रहेको बताए । नेकपा एमाले सिन्धुपाल्चोकले आयोजना गरेर पार्टी प्रवेश कार्यक्रमलाई पार्टी केन्द्रीय कार्यालय च्यासलमा सम्बोधन गर्दै ओलीले गठबन्धन नेताकाबीचमा मात्रै भएको जनताको बीचमा नभएको जिकिर गरे ।

७ पार्टी एका तिर जनता एका तिर भएको अवस्था छ तिमीहरु गठबन्धन भन्दै बस, गठबन्धन भन्छन् भागबण्डा भन्दै बस्छन् कहिले यता हेर्छन् कहिले उता केर्छन् उनीहरु भागबण्डा मिलाउँदै गर्दछन् कसको भागमा कति पर्छ भन्ने जनताले मंसिर ४ गते देखाइदिने छन् ।

नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एस सहितको गठबन्धनलाई एमाले अध्यक्ष ओलीले देशद्रोही गठबन्धन भनेका छन् । देशभक्तहरु एकातिर र देशद्रोहिहरु अर्को तिर हुने अवस्था आएको भन्दै उनले जनताले कुन पार्टी कस्तो भन्ने नजिकबाट चिनेकाले यस पटक राम्रोसँग जनताले देखाइदिने बताए ।

ओलीले देउवा प्रचण्ड र माधव नेपालहरुले लिम्पीयाधुरा र लिपुलेकलाई नेपाली भूमि हो भनेर बोल्न समेत नसकेको आरोप लगाएका छन् । म शेरबहादुर देउवाजीलाई सोध्न चाहन्छु तपाइकै प्रदेश अझै डढेलधुराभन्दा पल्लो जिल्ला दार्चुलामा रहेको लिम्पियाधुरा, लिपुलेक कसको हो ? तपाइको त घरबाट पनि देखिन्छ पल्लो डाँडो के त्यो नेपालको भूमि हो भनेर बोल्न सक्नुहुन्छ ? ओलीले प्रश्न गरे ।

खुब क्रान्तिकारी कुरा गर्ने प्रचण्ड यो बारेमा किन बोल्दैनन् ? अस्ती भर्खर इण्डिया गएर आए तर चुइक्क बोलेनन् लिम्पीयाधुरा लिपुलेकको बारे । माधव नेपाल किन बोल्दैन ? ओलीले सबैलाई प्रश्न गरेका छन् । नेकपा एसका अध्यक्ष नेपालका बारेमा त ओलीले निकै कसिलो व्यग्य गरे ।

देउवालाई पनि बोलाए, प्रचण्डलाई पनि बोलाए मलाई चाँही इण्डियाले बोलाएन भनेर नेपाल ठुस्स परेर बसेको भन्दै ओलीले सटाएर मारे । नेपाल भन्ने पात्र नेपालको राजनीतिमा अर्को नमुना पात्र भएको भन्दै ओलीले दनक समेत दिए ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ११:११   :  बजे

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।