Logo

अर्थ

ठेक्का लिएर अलपत्र पार्ने १० निर्माण तथा डिस्टिब्युटर्स कम्पनी कालो सूचीमा



काठमाडौं । सरकारले विकासे आयोजनाको निर्माण कार्यको जिम्मा लिएर अलपत्र पार्ने विभिन्न १० निर्माण कम्पनी तथा डिस्टिब्युटर्सलाई कालो सूचीमा राखेको छ । अनुप अधिकारीले सञ्चालन गरेको सैलुङसहित सरकारले १० निर्माण तथा डिस्डिब्युटर्सलाई कालो सूचीमा राखेको हो ।

सैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनालय, त्रिशूली/छहरे–विदुर सडक आयोजनाको सिफारिसमा तीन वर्षका लागि ठेक्का पट्टामा प्रतिबन्ध लगाइएको हो । बालाजु–रानीपौवा सडक निर्माण नगरी लापरबाही गरेपछि सैलुङलाई सरकारले प्रतिबन्ध लगाएको हो ।

एक चाइनिज इन्जिनियरिङ कम्पनी र भारतीय आरभाली इन्फ्रापावर लिमिटेडलाई पनि सरकारले तीन वर्षसम्मका लागि कालो सूचीमा राखेको छ । महालक्ष्मी वायर एन्ड केवल इन्डस्ट्रिज प्रालिलाई दुई वर्षका लागि कालो सूचीमा परेको छ ।

इटहरीको बलिया कन्ट्रक्सन, काठमाडौंको जोनसन कन्ट्रक्सन, कास्कीको जस्ट इन टाइम, मोरङको एस्पियल ग्रुप अफ इन्जिनियर्स, सुनसरीको सर्जिमेड डिस्टिव्युटर्स र पाँचथरको तुम्येहाङ निर्माण सेवालाई एकरएक वर्षका लागि सरकारीले कालो सूचीमा राखेको छ ।

प्रकाशित मिति : ८ भाद्र २०७९, बुधबार ११:००   :  बजे

60
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।