काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको अधिकारमा संघले हस्पक्षेप गरेको बताएका छन् । उनले प्रदेश प्रहरी लगायतका एकल अधिकार प्रयोग गर्न पनि केन्द्र सरकारले कानुन नबनाइदिनुपर्ने र उक्त काम केन्द्रले नगरिदिँदा समस्या भएको बताए ।
बुधवार संघीयता कार्यान्वयन, अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको प्रदेश १ मा आयोजित छलफल कार्यक्रममा उनले भने, ‘प्रदेश प्रहरी साँच्चिकै एकल छ । यसपाली प्रहरी भवन बनाउने भनेर राखेको, आचारसंहिता पनि लागू भइसक्यो तर स्वीकृति माथिबाट चाहिने भएर रोकिएको छ ।’
संघीय सरकारले काम प्रदेशमा दिएको जस्तो गर्ने तर बजेट हस्तान्तरण गर्न आनाकानी गरिरहेको उनको भनाइ छ । मुख्यमन्त्री राईले खरिदार लगायतका कर्मचारीको सरुवामा समेत मन्त्रीको हस्तक्षेप हुने कुरा सिद्धान्ततः गलत नभएको दाबी गरे । राजनीतिलाई सहयोग गर्नको लागि नै कर्मचारी संगठन जन्मिएको उल्लेख गर्दै मुख्यमन्त्री राईले यो स्वभाविक प्रक्रिया भएको जिकिर गरे ।
‘
प्रतिक्रिया