Logo

प्रमुख समाचार

बालेन्द्रको सन्की र लहडी आतंक बन्द गर्छौं : महेश बस्नेत



एमाले नेता महेश बस्नेतले काठमाण्डों महानगरपालिकाका मेयर बालेन्द्र साहप्रति आक्रोश पोखेका छन् ।

केही दिनयता साहले आफैं डोजर लिएर अवैध रुपमा निर्माण गरिएका व्यापारिक संरचना भत्काउँदै आएका छन् । पार्किङका लागि भनेर नक्सा पास गराए पनि अन्य प्रयोजनमा प्रयोग गरेका व्यापारिक संरचनामा बालेनले धावा बालेका हुन् । उक्त कार्यको समर्थन र विरोधमा समाज विभाजित छ ।

साहले बिहीबार काठमाण्डुको नयाँबानेश्वरस्थित अल्फाबिटा कम्प्लेक्समा डोजर चलाएका थिए । शाहले अल्फामा डोजर चलाएकामा सांसदसमेत रहेका बस्नेतले आपत्ति जनाएका हुन् । आफू र आफ्ना अध्यक्ष केपी ओलीसँग अल्फाबिटा सञ्चालकले फोटो खिचाएका कारण डोजर चलाइएको भए बालेनको सन्की र लहडी आतंक बन्द गर्ने चेतावनी दिएका छन् ।

‘बालेन शाहले अल्फाबिटा कम्प्लेक्समाथि डोजर किन लगाएको ?

१. नक्सा पास अनुसार घर निर्माण नगरेको भएर ?

२. हामीसँग नजिक भएर या फोटो लिएको कारण ?’,

बस्नेतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘पहिलो कारण हो भने जायज होला, नाजायज भएपनि सम्बन्धित पिडितहरुले कानूनी उपचार खोज्लान नै । दोश्रो कारण हो भने त हामीसमेत मिलेर कसैको सन्की र लहडी आतंक नियन्त्रण गर्न बाध्य हुने छौं ।’

अवैध संरचना भत्काउने क्रममा अल्फाबिटाका सञ्चालक र बालेन्द्र साहबीच केहीबेर भनाभनसमेत भएको थियो ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार ०९:४७   :  बजे

177
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।