Logo

अर्थ

आज नेपाली बजारमा सुन-चाँदीको मूल्य घट्याे कि बढ्याे ?



काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुन-चाँदीको मूल्य स्थिर रहेको छ । बिहीबारकै मूल्यमा शुक्रबार सुन-चाँदीको काराेबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबारकै मूल्यमै शुक्रबार पनि छापावाला सुन प्रतितोला ९५ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।यस्तै, तेजाबी सुनको मूल्य पनि अघिल्लो दिनकै मूल्य प्रतितोला ९५ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य एक हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार ११:४१   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।