Logo

मनोरञ्जन

युवराज राईद्वारा निर्देशित ‘सोल अफ द कमाण्डो’ काे प्रिमियर शो बेलायतमा, नेपालमा प्रदर्शन कहिले ?



काठमाडौं । खेलाडी राजकुमार राई अभिनित फिल्म ‘सोल अफ द कमाण्डो’ को प्रिमियर शो बेलायतमा हुने भएको छ । मार्ण पक्षका अनुसार यही शनिबार बेलायतको अल्डसर्टस्थित प्रिसेन्स हलमा प्रिमियर शो हुन लागेकोे हो । फिल्मको पहिलो प्रिमियरपछि बेलायतकै विभिन्न मुख्य शहरहरुमा यसको प्रदर्शन गरिनेछ ।

त्यसै गरी २५ सेप्टेम्बरमा क्यानाडामा यस फिल्मको प्रदर्शन गरिनेछ । नेपालमा यो फिल्म सन् २०२३ मा मात्र प्रदर्शन हुनेछ । नेपालका विभिन्न स्थानका साथै विदेशी भूमिमा समेत छायांकन गरिएको चलचित्र एक्सन जनारामा निर्माण गरिएको छ ।

युवराज राई (वीरबहादुर) द्वारा निर्देशित यो फिल्म रवि थापा, धन लिम्बु र मिलन राईले निर्माण गरेका हुन । एक आर्मी संघर्षलाई फिल्मको कथावस्तु बनाइएको छ । फिल्मको प्रस्तुकर्ता विजया राई हुन् ।

फिल्ममा राजकुमार राई, कमला खापुङ लिम्बु, सेसुका राई, रवि थापा, मिलन राई, शिशिर वाङदेल, रुपेश झा, नरेन खडका, सर्मिला लिम्बु, सीमा राई, नरेन लिम्बु र पुर्ण लिम्बुले अभिनय गरेका छन् ।

प्रकाशित मिति : १० भाद्र २०७९, शुक्रबार १२:५५   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।