Logo

बैंकिङ

माछापुच्छ्रे बैकले सार्वजनीक गर्यो नयाँ स्थिर ब्याजदर 



माछापुच्छ्रे बैङ्कले स्थिर ब्याजदरसहितको नयाँ ब्याजदर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैङ्कले बैंक तथा वित्तिय संस्थाहरुलाई असोज मसान्तभित्र स्थिर ब्याजदर तोक्न दिएको निर्देशन अनुसार कात्तिक १ गतेदेखि लागु हुनेगरी बैङ्कले अग्रिम रुपमा ब्याजदर सार्वजनिक गरेको हो ।

प्रकाशित ब्याजदर अनुसार गतिशील प्रणालीबाट निर्धारण हुने ब्याजदरमा बैङ्कले कुनै घटबढ गरेको छैन । जसमा अधिकांश कर्जामा आधारदरमा ५ प्रतिशतसम्म जोखिम प्रिमियम जोडेर ब्याजदर निर्धारण गरिएको छ । मुद्दती निक्षेपको धितोमा दिइने ऋण, युवा तथा साना व्यवसायीस्वरोजगार कर्जा लगायतमा भने जोखिम प्रिमियम २ दशमलव ५ प्रतिशतसम्म तोकिएको छ । भदौ मसान्तमा आधारित बैङ्कको आधारदर ८ दशमलव ४२ प्रतिशत रहेको छ ।

बैंकले होमलोनमा ५ वर्ष अवधिका लागि ९ दशमलव ८९ प्रतिशत, ५ देखि १० वर्षका लागि १० दशमलव ८९ प्रतिशत र १० वर्ष भन्दा बढी अवधिको लागि ११ दशमललव ८९ प्रतिशत ब्याजदर तय गरिएको छ ।
त्यस्तै अटोलोनमा ५ वर्षको लागि ९ दशमलव ८९ प्रतिशत र ५ देखि १० वर्षको लागि १० दशमलव ९९ प्रतिशत ब्याजदर तोकिएको छ ।

अन्य खुद्रा ऋणका लागि भने ५ वर्षसम्मको अवधिका लागि १० दशमलव २४ प्रतिशत, ५ देखि १० वर्षको लागि ११ दशमलव २४ प्रतिशत र १० वर्षभन्दा लामो अवधिको लागि १२ दशमलव २४ प्रतिशत ब्याजदर तोकिएको छ ।
माछापुच्छ्रे बैङ्कले तय गरेको स्थिर ब्याजदर अनुसार होमलोन, अटो/हायर पर्चेज लोन र अन्य खुद्रा लोनका लागि स्थिर ब्याजदर कायम गरिएको छ । 

प्रकाशित मिति : आश्विन २६, २०७७ सोमबार  १० : ४० बजे