सानिमा जनरल इन्स्योरेन्सले २७ लाख ३० हजार कित्ता सेयर निष्कासन गरेकोमा १ करोड ८९ लाख ७५ हजार ६० कित्ता आवेदन परेको छ।
यो इन्स्योरेन्सले निष्कासन गरेको साधारण सेयरमा मागभन्दा सात गुणा बढी आवेदन हो ।
आइतबार साँझ ५ बजेसम्मको अवधिमा ८ लाख ८२ हजार ७ सय ३ जना आवेदकले झण्डै दुई करोड कित्ता आवेदन हालेका थिए।
सानिमाले ३० लाख कित्ता सेयर जारी गरेकोमा सर्वसाधारका लागि २७ लाख ३० हजार कित्ता सेयर बिक्री खुला गरिएको थियो ।
प्रति कित्ता सय रुपैयाँका दरले ३० करोड रुपैयाँको ३० लाख कित्ता आइपीओ बिक्री खुला गरेको हो ।
कुल ३० लाख मध्ये १ लाख २० हजार कम्पनीका कर्मचारी र १ लाख ५० हजार कित्ता म्युचुअल फण्डहरुका लागि छुटयाएको थियो । यसको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल रहेको छ ।




















प्रतिक्रिया