काठमाडौं । नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय परिसरमा प्रदर्शन गरेको छ । त्रिविका विभिन्न निकायमा नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघले गरेको तालाबन्दीको विरोधमा अनेरास्ववियुले शान्तिपूर्ण प्रदर्शन गरेको हो ।
नेविसंघले २७ असारमा त्रिविको रजिस्ट्रारको कार्यालय, त्रिवि केन्द्रीय कार्यालयको लेखा शाखा, व्यवस्थापन र मानविकी संकायको डिन, कृषि डिन कार्यालयमा तालाबन्दी गरेको छ । त्यसविरुद्ध शान्तिपूर्ण प्रदर्शन गरिएको अनेरास्ववियु केन्द्रीय कमिटीका सचिवालय सदस्य तथा त्रिवि इन्चार्ज मदन विष्टले जानकारी दिए ।
सो तालाबन्दीको विरोधमा अनेरास्ववियुले विश्वविद्यालयमा शान्ति सुरक्षा कायम गर, प्राज्ञिक मर्यादा कायम गर, अराजक गतिविधि बन्द गर, नियमित पठनपाठन गर, परीक्षाको मर्यादा कामय गर आदि नारा लगाएको थिए ।





















प्रतिक्रिया