Logo

प्रमुख समाचार

शहरलाई व्यवस्थित गर्नु आजको आवश्यकता हो : प्रधानमन्त्री देउवा



बुटवल । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा निर्माण भएका र निर्माणको चरणमा रहेका शहरहरूलाई व्यवस्थित र योजनावद्ध रूपमा अगाडि बढाउनुपर्ने बताएका छन् । शनिबार बुटवल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको उद्घाटन गर्दै देउवाले शहरलाई व्यवस्थित रुपमा निर्माण गर्नु आजको आवश्यकता भएको बताए ।

देउवाले व्यवस्थित शहर नहुँदा स्वास्थ्य विपत्ति र सामाजिक विकृति फैलिने गरेको बताए । व्यवस्थित शहरीकरणबाट मात्रै आर्थिक, सामाजिक र शैक्षिक गतिविधिले गति लिन सक्ने बताउँदै उनले यसबाट मात्र दीगो विकास लक्ष्य हासिल गर्न सकिने स्पष्ट पारे ।

बुटवलमा बनेको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रले यहाँको पर्यटकीय, आर्थिक र शैक्षिक विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गर्दै देउवाले यसलाई व्यवस्थित रुपमा चलाउनुपर्नेमा जोड दिए । ‘नेपालको कुल जनसंख्याको २ तिहाई शहरी क्षेत्रमा बसोबास गर्छन्, अनियन्त्रित बसाइसराई रोक्न हिमाली र पहाडी क्षेत्रमा पनि व्यवस्थित शहरीकरणको विकासलाई सरकारले प्राथमिकतामा राखेको छ ’ प्रधानमन्त्री देउवाले भने ।

अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र उद्घाटन कार्यक्रमलाई गृहमन्त्री बालकृष्ण खाण, पूर्व अर्थमन्त्री विष्णुप्रसाद पौडेल, शहरी विकास मन्त्री मेटमणि चौधरी, पूर्व मन्त्री रामकुमारी झाँक्री, बुटवल नगरपालिका मेयर खेलराज पाण्डे लगायतले पनि सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ११ भाद्र २०७९, शनिबार १४:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।