Logo

राजनीति

गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक बस्दै



काठमाडौं । सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आइतबार अपराह्न ४ बजे कार्यदलको बैठक बस्न लागेको हो । बैठकमा आगामी निर्वाचनमा गठबन्धन दलबीच सिट बाँडफाँटका विषयमा छलफल हुनेछ ।

कार्यदलका सदस्य रामसहायप्रसाद यादवले आइतबार अपराह्न ४ बजेका लागि कार्यदलको बैठक बोलाइएको जानकारी दिए ।

गठबन्धनले पाँच दलका ११ नेता सम्मिलित कार्यदललाई प्रतिनिधिसभाका १६५ र प्रदेशसभाका ३३० वटै क्षेत्रमा गठबन्धनका कुन दलको कस्तो अवस्था छ भनेर तथ्यांकसहितको विश्लेषण गर्ने जिम्मेवारी दिएको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार ०८:२९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।