काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा नेविसंघ र अनेरास्ववियुका विद्यार्थीहरुबीच झडप भएको छ । नेविसंघ त्रिविका अनुसार आइतबार बिहान त्रिवि उपकुलपतिले पत्रकार सम्मेलनको आयोजना गर्न खोज्दा अनेरास्ववियुलाई मात्रै प्रवेश दिएको र नेविसंघलाई प्रवेश निषेध गरेपछि नेविसंघले त्यसको विरोध गर्दा दुई पक्षका कार्यकर्ताबीच झडप भएको हो ।
झडपमा परि एक प्रहरी निरीक्षकसहित दुई नेविसंघ विद्यार्थी घाइते भएको जनाइएको छ । नेविसंघले प्रश्न पत्र दोहोरिएको, समयमै परीक्षा नलिएको र परीक्षाफल समेत समयमै प्रकाशन नगरेको भन्दै त्रिवि रजिस्ट्रार कार्यालयदेखि विभिन्न ठाउँमा तालाबन्दी गरिरहेको छ ।
साथै गत शुक्रबार नेविसंले त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषद्का महत्वपूर्ण कागजातहरु नियन्त्रणमा लिएर शिक्षामन्त्रीलाई बुझाएपछि त्रिवि रजिस्ट्रारको कार्यालयले शनिबार सुरक्षाको माग समेत गरेको थियो ।




















प्रतिक्रिया