Logo

राजनीति

अवैध संरचना हटाउने महानगरको अभियान निरन्तर, आज कहाँको संरचना भत्काइँदै छ ?



काठमाडौं । अनधिकृत रुपमा निर्माण भएका संरचना हटाउने काठमाडौं महागरपालिकाको अभियान आज (आइतबार) पनि जारी छ । आइतबार महानगरले भोटाहिटी–रत्नपार्कको अण्डरपास (सब–वे) माथि अवैध संरचना भत्काउँदैछ । भोटाहिटी र रत्नपार्क जोडिने अण्डरपासमाथि बनेको अवैध संरचना महानगर प्रहरीले आफैं भत्काउन थालेको हो ।

नगरप्रहरीका प्रहरी उपरीक्षक दिनेश अर्यालका अनुसार पैदलयात्रु हिँड्ने सब–वेमाथि व्यापार गर्ने उद्देश्यले थपिएको नक्सा विपरीतको संरचना भत्काउन थालिएको हो । उक्त संरचना अवैध ठहर भएपछि भत्काउन लागिएको उनले बताए ।

सबवेभित्रका ७ वटा बाहेकका सबै सटर अवैध भएकाले हटाइने महानगरपालिकाले जानकारी दिएको छ । यो सब–वेमा पैदलयात्रु हिँड्रन सकस हुने गरी काठमा संरचना थपेर पसलहरू राखिएका छन् ।

याे पनि

अब मिचाहा वर्गलाई मोटाइरहन दिने छैनौं : बालेन शाह 

प्रकाशित मिति : १२ भाद्र २०७९, आईतवार १३:२०   :  बजे

42
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।