काठमाडौं । नेपाल बार एशोसिएसनले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथिको महाभियोग सिफारिस समितिलाई अभियोग पुष्टि हुने प्रमाण भन्दै ३४ बुँदे पत्र बुझाएको छ । बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अञ्जिता खनालले समितिलाई आइतबार उक्त पत्र बुझाएका हुन् ।
‘प्रधानन्यायाधीश जबरा उपरको नेपालका संविधानको धारा १०१ वमोजिम महाभियोग प्रस्तावलाई पुष्टि गर्ने महाभियोग आरोपसँग सम्बन्धित कागजात, विवरण, जानकारी लगायतका प्रमाणहरु यस निवेदनसँग संलग्न गरी पठाईएको व्यहोरा अनुरोध छ’, बारले बुझाएको ज्ञापनपत्रमा भनिएको छ ।
यस्तो छ पत्रको पूर्णपाठ




















प्रतिक्रिया