Logo

राजनीति

कास्कीबाट प्रदेशसभा सदस्यमा दुर्गा लामिछानेको चर्चा



कास्की । आसन्न मंसिर ४ गते हुने संघ र प्रदेशसभाको निर्वाचनमा कास्की क्षेत्र नं. १ को प्रदेश-क बाट प्रदेशसभा सदस्य निर्वाचनमा नेपाली काँग्रेसको तर्फबाट उमेदवार हुने रस्साकस्सि सुरु भएको छ । नेपाल तरुणदलको केन्द्रीय स्तरको नेत्रि र नेपाली काँग्रेस केन्द्रीय महाधिवेश प्रतिनिधि समेत रहेकि युवा नेत्रि दुर्गा लामिछानेको प्रदेशसभा सदस्यका लागि बलियो दावेदारका रुपमा चर्चा हुन थालेको छ ।

नेपाली काँग्रेसलाई समयसापेक्ष आम नेपालीले भरोसा गर्ने पार्टीका रुपमा स्थापित गर्नुपर्ने दूरगामी सोचका साथ पार्टीका विभिन्न तह र तप्कामा नेतृत्व गर्दै आएकी लामिछाने पार्टीको तर्फवाट कास्की- १ प्रदेश- क मा प्रदेशसभा सदस्यका लागि उमेदवार बन्ने तिव्र तयारिमा लागेकि छन् ।

बिधार्थी जिवनबाटै राजनीतिमा सक्रिय रहि जुझारु नेत्रिको छवि वनाएकि लामिछाने महिलाहरुको प्रतिनिधित्व र अधिकारका बिषयमा बुलद आवाज उठाउने नयाँ भिजन सहितको युवा नेत्रि भएका कारण कास्किमा प्रदेशसभा सदस्यका लागि जित्न सक्ने उपयुक्त उमेदवार हुने कास्की क्षेत्र।नं।१ का एक स्थानीय नेताले बताए ।

कानुन र विकासशास्त्र बिषयमा स्नातकोत्तर गरि हाल अन्तर्राष्ट्रिय सम्वन्धमा पिएचडि सक्लर रहुनभएकि लामिछाने बिश्वव्यापि विकासका मोडल र राष्ट्रिय,अन्तर्राष्ट्रिय विविध आयाम र विषयबारे गहिरो जानकार समेत रहेका कारण उनको भिजन र जोसजाँगर सहितको नयाँ अनुहारलाई जनताले अनमोदन गर्ने विश्वास कास्कीका बुद्धिजीवीहरुमा रहेको पाइन्छ ।

नेतृ लामिछानेले नेपाल विद्यार्थी संघमा कालीका बहुमुखी क्याम्पस तथा पृथ्वीनारायण क्याम्पसको इकाई समिति सदस्य हुँदै कास्की क्षेत्र नं १ को सचिवको जिम्मेवारी सम्हालेकी छन्, भने नेपाल तरुण दलको नगर समिति सदस्य हुँदै नेपाल तरुण दल कास्कीबाट महाधिवेशन प्रतिनिधिका रुपमा केन्द्रीय महाधिवेशनमा भाग लिइसकेकी छन् । तरुण दलमा कृयाशिल रहँदा संगठन विस्तार अभियानका साथै अन्य सामाजिक काममा सहभागी हुँदा उनले देशका ६७ जिल्लामा पुगी त्यहाँको भूगोल एवम् वस्तुस्थितिबारे जानकार छन् । नेतृ लामिछानेले विभिन्न संघ संस्था एवम् राजनीतमा क्रियाशिल रहँदा विश्वका विभिन्न २४/२५ देशमा भ्रमण गरेकी छन् । उनले अन्तराष्ट्रिय डेमोक्रेटिक युथहरूको सञ्जालमा आवद्ध रही अन्तराष्ट्रिय राजनीतिलाई पनि नजिकबाट नियाल्ने अवसर समेत पाएकी छन् ।

नेतृ लामिछाने यिनै अनुभव र सिकाईका आधारमा राजनीतिमा लागि पार्टी, समाज र राष्ट्रलाई योगदान गर्न सक्ने विश्वासका साथ क्रियाशिल रहेकोले कास्किको क्षेत्र नं‍. १ को प्रदेश क क्षेत्रलाई मुलुककै नमुना बिकासको मोडलका रुपमा स्थापित गर्ने उनको मुख्य एजेन्डा सहित प्रदेशसभाका लागि चुनाव लड्ने तयारिमा रहेको चर्चा कास्कि जिल्लामा चल्न थालेको छ ।

राजनीति देशको मूल नीति रहेको र यसले राज्यको हरेक क्षेत्रमा प्रभाव पार्ने भएकोले पार्टी र मुलूकको नेतृत्व सवल, सक्षम र नैतिकतवान हुनुपर्ने कुरामा नेत्रि लामिछानेले मुख्य जोड दिदै आएकि छन् ।

कानून एवम् विकासशास्त्रको विद्यार्थी रहेकि लामिछाने आँफूले प्राप्त गरेका अनुभव तथा ज्ञानलाई राजनीति एवम् सामाजिक कार्य मार्फत उपयोग गर्ने र भावी पुस्ताले आँफूले भोगेको भन्दा सुखी,समृद्धियुक्त वातावरण पाउनुपर्छ भन्ने अठोटका साथ राजनीतिमा लागेकोले व्यवहारिक कार्यान्वयनका लागि राज्यको नीति निर्माण गर्ने ठाउमा पुग्नु पर्ने आवश्यकता रहेकोले प्रदेशसभा सदस्यका लागि लामिछानेको उम्मेदवारी उपयुक्त हुने कस्की १ का काँग्रेस निकट एक शिक्षकले बताए ।

अग्रज तथा समकक्षी समेतको सल्लाह र सुझावलाई आत्मसात गर्दै उम्मेदवारी दिने तयारिमा रहेकि लामिछानेलाई सबैको साथ र सहयोग मिल्ने विश्वास रहेको उनी निकट महिला नेत्रिले बताइन् । लामिछानेको उम्मेदवारी केवल व्यक्तिगत मात्र नभै आँफू जस्ता रुपान्तरणकारि सोच, विचार र भिजन राख्ने समुनन्त नेपालका पक्षधर युवाहरूको उम्मेदवारी हुने काँग्रसका क्रियाशील एक युवाले बताए ।

प्रदेशसभा सदस्यमा उम्मेदवार बन्नु पर्छ भन्ने सुझाव अग्रज र साथिहरुवाट व्यापक आइरहेको छ, सबैको सल्लाह,सुझावलाई सकारात्मक रुपमा हेरिराखेको छु । भिजन र दृष्टिकोण सहित नयाँ अनुहार उम्मेदवार भए हुन्थ्यो भन्ने धारणा आममानिसमा रहेको पाइन्छ, त्यसैले आफू उम्मेदवार बनेर सबै बर्ग र समूदायको भावनालाई प्रतिनिधित्व गर्दै अगाडि बढ्ने र भावी पुस्ताको सुनौलो भविष्य निर्माणका लागि अधार स्तम्भहरु तयार गर्न प्रतिवद्ध रहदै व्यवहारिक कार्यान्वयनमा जोडि दिने कुराको अठोट सहित अगाढि बढौ कि भन्ने सोच आएको नेतृ लामिछानेले बताइन् ।

नेतृ लामिछानेले मेरो मुख्य उधेश्य भावि पुस्तालाई हेरेर प्रदेशका नीति बनाउने र मेरो प्रदेश क्षेत्रलाई मुलुककै बिकास र सामाजिक न्यायको मोडलका रुपमा स्थापित गर्ने हो । अग्रज र साथिहरुको सुझाव उम्मेदवार बन्नुपर्छ भन्ने छ, नेत्रि लामिछानेले भनिन्, त्यसकारण मेरो उम्मेदवारि दिएर समय सापेक्ष युवाको आवाज र समग्र कास्कि क्षेत्र नं. १ का जनताको आवज बोकौ कि भन्ने लागेको छ । पार्टिका क्रियाशिल साथिहरुको बिश्वास र हौसलाले अझै उर्जाका साथ लाग्ने प्रेरणा मिलेको छ, यसपालि उम्मेदवार बनेर जनताको सेवामा लाग्ने अठोट लिएर अगाडि बढ्नुपर्छ भन्ने सोच आएको नेत्रि लामिछानेले बताइन् ।

बर्तमानको आवश्यकता, अग्रजलाई सम्मान गर्दै उनिहरूका अनुभव र भोगाइबाट प्रेरणा लिदै अघि बढ्नुपर्ने कुरामा दृढ रहेकि लामिछाने राष्ट्रको समुन्नत विकासका लागि हातेमालो गर्दै अघि बढ्नुपर्ने कुरालाई प्राथमिकतामा राख्दै प्रदेसभा सदस्यमा उमदवारि दिने तयारिमा लागेको कास्कि क्षेत्र नं।१का स्थानिय बिच बहसको बिषय बनेको छ ।

स्थानीय स्तरमा सकारात्मक प्रतिक्रिया आइरहेको छ, यसपालि महिला नेतृत्वलाई अगाडि बडाउदा सकारात्मक सन्देश जाने कुराले पनि महत्त्व पाएका कारण लामिछानेको उम्मेदवार हुने चर्चा चलेकाे हाे ।

प्रकाशित मिति : १३ भाद्र २०७९, सोमबार १३:०५   :  बजे

66
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।