Logo

अर्थ

तोलामा ८०० रुपैयाँले घट्यो सुनको भाउ



काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ घटेको छ। बुधबार सुनको मूल्य तोलामा ८०० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। बुधबार छापावाल सुनको मूल्य प्रतितोला ९४ हजार रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार ५०० रुपैयाँ कायम भएको छ।

यसअघि मंगलबार सुनको मूल्य तोलामा ३०० रुपैयाँ बढेको थियो । मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० र तेजाबी सुन प्रतितोला ९४ हजार ३०० रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार बुधबार चाँदीको मूल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार चाँदी मूल्य तोलामा १५ रुपैयाँ घटेर प्रतितोला १ हजार १३० रुपैयाँ कायम भएको छ । यसअघि मंगलबार भने चाँदी प्रतितोला १ हजार १४५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १५ भाद्र २०७९, बुधबार १२:२४   :  बजे

33
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।