Logo

बैंकिङ

सानिमा बैंकले लियो ‘बिग डिल एट सस्तो डिल’ २५ सय सम्म क्यासब्याक हुने



सानिमा बैंकले “बिग डिल एट सस्तो डिल” योजना सार्वजनिक गरेको छ ।  वडा दशैंंको अवसरमा सानिमा ग्राहकहरुका लागि विभिन्न छुटका योजनाहरु ल्याउने क्रममा यो योजना सार्वजनिक गरेको हो । अनलाइन सपिङ्ग पोर्टल सस्तो डिलसँगको सहकार्यमा सञ्चालित यस योजनामा बैंकको मोबाइल बैंकिङ्ग एप, सानिमा सजिलो ई–बैंकिङ्ग प्रयोगकर्ताले क्युआर कोड स्क्यानमार्फत् भुक्तानी गर्दा २५ प्रतिशत छुट वा अधिकतम् २५ सयसम्म क्यास ब्याक प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

योजना अवधिभर सहभागी हुने ग्राहकहरुलाई ँष्चकत अयmभ ाष्चकत कभचखभ  को आधारमा छुट प्रदान गरिने बैंकले जनाएको छ  । यो योजना २७ आश्विन देखि १ कात्र्तिक २०७७ गतेसम्म पाँच दिनका लागि लागू हुनेछ ।  सानिमा बैंकको सातै प्रदेशमा हाल ८३ वटा शाखा, १५ विस्तारित काउन्टरर ८१ वटा ए.टि.एम. सञ्चालनमा रहेका छन् । 

प्रकाशित मिति : २६ आश्विन २०७७, सोमबार १४:०१   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।